नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६३४ जना कोरोना संक्रमित, ३१ हजार ११७ पुग्यो

1.3K

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६३४ जना कोरोना संक्रमित, ३१ हजार ११७ पुग्यो


बुटवल । नेपालमा आज (शनिवार) थप ६३४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।