रुपन्देहीको लकडाउन भदौ १४ गतेसम्म लम्बियो

1.3K

रुपन्देहीको  लकडाउन भदौ १४ गतेसम्म लम्बियो


बुटवल । जिल्ला स्तरीय कोभिड –१९ नियन्त्रण तथा रोकथाम केन्द्र रुपन्देहीको बैठकले कोरोना नियन्त्रणको लागी रुपन्देही जिल्ला भदौ १४ गते राति १२ बजे सम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षता तथा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको आतिथ्यतामा सम्पन्न बैठकमा, सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।

समुदाय स्तरमा कोरोना संक्रमण निरन्तर बढेपछि रुपन्देहीमा थप एक हप्ताको लागि लकडाउन थप गरिएकोे प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिनु भयो । लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनैपनि सवारीसाधन सन्चालन गर्ने र पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ ।