खेमानन्द पाठक /बुटवल । नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाइ समितिले आज(आइतवार) क्याम्पस प्रशासन सामु ज्ञापन पत्र बुझाएको छ । इकाइ समितिका सभापती दिनेश पौडेलको नेतृत्वमा गएको टोलिले उक्त ज्ञापन पत्र क्याम्पस प्रमुख डा.खिमानन्द पौडेल समक्ष पेस गरेको हो ।
वि.स.२०५२ सालमा नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानिको टंकी क्याम्पस प्रशासनले भत्काएपछि त्यसको पुर्ननिमार्णको माग गर्दै ज्ञापन पत्र बुझाएको इकाई सभापती दिनेश पौडेलले बताउनु भयो । गत २०७६ असार १६ गते क्याम्पस प्रशासनले विना जानकारी पानिको टंकी भत्काएपछि तत्कालिन क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीले टंकी निमार्ण गरिदिने सहमति भएको थियो ।

तर अहिले आएर त्यस सहमति भन्दा बाहिर गएर प्रशासनले एकलौटी ढङगले अगाडी बढन खोजेको र विभिन्न कारण देखाएर टंकी निमार्णमा ढिलाई गरेकाले अहिले ध्यानाकर्षण मात्र गराएको पौडेलले बताउनु भयो । क्याम्पस प्रशासनले निकाश निकाल्न कुनैपनि चासो नदेखाउँदा समस्या झन् बल्झिदै गएको नेवि संघको आरोप छ ।
इकाई सभापती दिनेश पौडेल द्वारा हस्ताक्षरीत विज्ञप्तीमा तत्काल समस्याको समाधान गरी जग्गा उपलब्ध नगराएमा संघर्षका कार्यक्रमहरु घोषणा गरी आन्दोलित हुने र यसबाट आईपर्ने जस्तोसुकै परिस्थीतिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन र क्याम्पस प्रमुख हुने जानकारी उल्लेख गरिएको छ । विज्ञप्ती बुझ्दै क्याम्पस प्रमुख डा. खिमानन्द पौडेलले छलफल गरेर निकाश निकाल्ने प्रतिबद्धता जनाउनु भएको छ ।