नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८५५ जना कोरोना संक्रमित, कुल संख्या ३३ हजार नाघ्यो

1.3K

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८५५ जना कोरोना संक्रमित, कुल संख्या ३३ हजार नाघ्यो


बुटवल । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ । होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ । क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन् ।
२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १६४ जनाको मृत्यु भइसकेको छ ।