कोभिड जितेर फर्किएका स्वास्थ्यकर्मी कर्मचारीलाई चौराहा अस्पतालमा स्वागत

1.3K

कोभिड जितेर फर्किएका स्वास्थ्यकर्मी कर्मचारीलाई चौराहा अस्पतालमा स्वागत

कोरोना भाईरस (कोभिड–१९) जितेर फर्केका आफ्ना स्वास्थ्यकर्मी कर्मचारीलाई बुटवलको चौराहा अस्पतालले स्वागत गरेको छ । अस्पतालले सोमबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई स्वागत गरेको हो ।
अस्पतालमा काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी गरि १७ जनालाई कोरोना भाईरस संक्रमण भएको थियो । उनीहरुको पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेभि आएपछि अस्पतालले सामुहिक रुपमा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना भाईसर संक्रमण भएपछि आत्मबल बलियो बनाउनु पर्ने बताउनु भयो । उहाँले संक्रमण हुनबाट बँच्नकालागि सचेत र रजग हुनुपर्ने र संक्रमण भईहालेमा आत्मबल बलियो बनाउनु पर्ने र बिरामीप्रति सहानुभूति पनि उत्तिकै महत्वपूर्ण हुने बताउनु भयो ।


अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम भोलीका दिनमा पनि उत्तिकै रहेकाले त्यसबाट बँच्नकालागि सजग र सचेत हुन आवश्यक रहेकोमा जोड दिनुभयो । ‘स्वास्थ्य सेवामा खटिनेहरुले मानवीय सेवालाई भूल्नु हुँदैन ।’ उहाँले भन्नुभयो–‘संक्रमको जोखिम आजमात्रै होईन, भोलीपनि उत्तिकै छ, त्यसको समेत सामना गर्न अस्पताल तयार छ ।’
सामाजिक उत्तरदायित्व सहितको स्वास्थ्य सेवालाई आफूहरुले जोड दिएको बताउँदै अध्यक्ष ज्ञवालीले कोरोना भाईरससंग लड्ने क्षमता सामान्य नीजि अस्पतालहरुसंग नभएको र सरकारसंग कहाँ कसरी सहकार्य गर्न सकिन्छ, त्यसका लागि आफूहरु तयार रहेको जानकारी गराउनु भयो ।
त्यस्तै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विपन श्रेष्ठले सरकारले जे भनेपनि कोभिड र ननकोभिड बिरामीलाई एउटै अस्पतालमा उपचार सम्भव नभएको बताउनु भयो । उहाँले सम्भावित दुर्घटना हुन नदिनको लागि अस्पतालले पछिल्लो समयमा बिरामी प्रवेशको लागि वान डोर सिस्टम बनाएको पनि जानकारी गराउनु भयो । बिरामीको ईन्ट्री पोईन्ट मै चेकजाँच गर्ने र आसंकितलाई सम्बन्धित अस्पतालमा रिफर गर्ने तथा त्यहा राख्न मिल्ने खालका बिरामी तथा उनका सहयोगीलाई अनिवार्य मास्कको प्रयोग गर्न लगाउने, त्यस्तै ईमर्जेन्सी अप्रेसन तथा अब्जरवेशनका लागि छुट्टै आईसोलेसन वार्ड, बिरामीको अवस्थाका आधारमा तीन प्रकारका अप्रेसन थियटर लगायतको व्यबस्था गरिएको उहाँले जानकारी गराउनु भयो ।
अस्पतालका म्यानेजर रबि गौतमले साथिभाई, ईष्टभित्रबाट पारिवारिक सद्भाव प्राप्त भएको र त्यसैको बलमा कोभिडलाई जित्न सफल भएको बताउनु भयो । उहाँले आईसोलेशनमा रहँदा पनि आफ्ना आफूहरु आपसमा समन्वयमै रहेको र यस्तो समयमा पनि अस्पतालबाट प्रदान गर्ने सेवा निरन्तर रुपमा सञ्चालन गरिएको जानकारी गराउनु भयो ।
कोरोना भाईरसलाई अझैपनि कतिपयले सामान्य रुपमा लिने गरेको बताउँदै जनरल फिजिसीयन डा. सरोज थापाले रुघाखोकी जस्तो सामान्य नभएको र यसबाट बँच्नको लागि सचेत हुन आवश्यक रहेको बताउनु भयो । त्यस अवसरमा कोभिड जितेर फर्किएकी ओ.टी. ईञ्चार्ज सबिना श्रेष्ठ, जनसम्पर्क अधिकृत जनक केसी, सूचना अधिकारी कमल ज्ञवाली लगायतले त्यस बिचका अनुभवहरु सुनाउनु भएको थियो ।