मंगलबार थप भएका १ हजार ५१३ जना सहित नेपालमा कोरोना भाईरस संक्रमण हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८९२ नमुना परिक्षण गर्दा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाईरस संक्रमण भएका मध्ये नेपालमा ४९१ जनाले ज्यान गुमाएका छन् भने ५५ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै देशभर २० हजार ३९६ जना संक्रिय संक्रमित छन् ।