प्रदेश राजधानी दाङ् राख्नने प्रदेश सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरेपछि भएको बिरोधको स्वर मसिनो गराउन सडकमा प्रहरी तैनाथ गरिएको छ ।
प्रदेशको अस्थायी राजधानी बुटवलमा उक्त प्रस्ताव बिरुद्ध प्रदर्शनहरु हुन थालेपछि प्रशासनले समेत निशेधाज्ञा जारी गरेको छ । त्यस्तैगरी बुटवलका सडक तथा मुख्य चोकहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव गरेपछि त्यसको बिरोधमा हुन सक्ने सम्भावित प्रदर्शनलाई मध्येनजर गरेर व्यापक रुपमा प्रहरी परिचालन गरिएपनि प्रदर्शन दमन गर्ने गरी प्रहरीलाई निदेर्शन भने नआएको प्रहरी अधिकृतहरु बताउँछन् । यसले सडकमा प्रहरी परिचालन गरेर प्रदर्शनकारीको मनोबल कमजोर बनाउने सरकारको रणनीति भएको कतिपयको बिश्लेषण छ ।