नेपालमा कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या झण्डै एक लाख पुगेको छ । बिहिबार (पछिल्लो २४ घण्टामा) थपिएका ४ हजार ३६४ जना सहित नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको हो । नेपालमा हालसम्म ११ लाख ३१ हजार ९५८ जनाको पिसिआर परिक्षण भएको छ ।
संक्रमण भएकामध्ये ७१ हजार ३४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले देशभर २६ हजार ६८४ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणकै कारण नेपालमा ५९० जनाले ज्यान गुमाईसकेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित भएका मध्ये २ हजार ५४० जना काठमाण्डौ उपत्यकाका हुन् । त्यसमध्ये काठमाण्डौका २ हजार ८५ जना ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना हुन् ।