बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ३५ जना कोरोना संक्रमितको मृत्यु

1.3K

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ३५ जना कोरोना संक्रमितको मृत्यु

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा हालसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा शनिबार बिहान बुटवल १० का ७१ वर्षीय पुरुषको मृत्यु भएको थियो । यो संगै लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३५ पुगेको हो । त्यसमध्ये २७ जना पुरुष र ८ जना महिला रहेका छन् ।
त्यस्तै शुक्रबारसम्म कोरोना संक्रमण भई निको भएका १५४ जनालाई डिस्चार्ज गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो, खोकी तथा स्वासप्रस्वासमा समस्या भएका ६०६ जना बिरामीलाई ओपिडीमा भर्ना गरिएको थियो ।
त्यस्तै कोरोना भाईरस (कोभिड–१९) पोजिटिभ भई लक्षण देखिएका १७ जनालाई आईसीयु, ३२ जनालाई आईसोलेशन वार्ड र ७ जना फिभर क्लिनिक आईसोलेशनमा गरि ५६ जनालाई कोरोना बिशेष अस्थायी अस्पतालमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जारी गरेको स्वास्थ्य विवरणमा उल्लेख गरिएको छ ।
अस्पतालमा भर्ना भएका ६०६ जनामध्ये शुक्रबारसम्म १५४ जना कोरोना निको भई डिष्चार्ज भएका छन् । कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएका गर्भवती ९ जनाको शल्यक्रिया गरेर र एक जना महिलालाई नर्मल डेलीभरी गराएको जनाएको छ ।
अस्पतालमा सञ्चालित कोभिड–१९ ल्यावमा शुक्रबारसम्म १९ हजार ५७२ जनाको पिसिआर परिक्षण गरिएकोमा २०९७ जना र जिन एक्पर्ट ल्यावबाट ४३४ मध्ये १३२ जनामा कोरोना भाईरस संक्रमण भेटिएको थियो ।