नेपालमा पछिल्लो २४ घण्टामा (शनिबार) ५ हजार ८ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै हो । देशभरीका प्रयोगशालामा गरिएको १९ हजार ३२० नमुना परिक्षणमा ५ हजार ८ जनामा कोरोना भाईरस संक्रमण भेटिएको हो । जसमा ३ हजार १८५ पुरुष र १ हजार ८२३ जना महिला छन् ।
यो संगै नेपालमा हालसम्म कोरोना भाईरस संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ । त्यस्तै ७४ हजार २५२ जना संक्रमण मु्क्त भएको र देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये पनि ३२१ जनाको आईसीयु तथा ७७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।