कोरोना भाईरस (कोभिड–१९)को संक्रमणका कारण आईतबार रुपन्देहीका थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बुटवल उपमहानगरपालिका र एक जना तिलोत्तमा नगरपालिकाका छन् ।
कोरोना भाईरस संक्रमणको कारण उपचाररत बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४८ वर्षीय पुरुष, ६१ वर्षीय महिला, वडा नं. १ का ७० वर्षीय पुरुष र तिलोत्तमा नगरपालिका वडा नं. ३ की ६६ वर्षीय महिलाको मृत्यु भएको हो ।
मृत्यु भएका मध्ये २ जनाको बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्थायी अस्पताल, एक जनाको दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल र एक जनाको अस्पताल लैजाँदै गर्दा कपिलबस्तुको धानखोलामा मृत्यु भएको लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी गराउनु भएको छ ।
बुटवलमा आईसीयु बेड नभएपछि बुटवल ११ का ४८ वर्षीय पुरुषलाई दाङको वेलझुण्डी स्थित कोरोना अस्पताल अथवा नेपालगञ्ज मेडिकल कलेज लैजनाको लागि रिफर गएिको थियो । अस्पताल लैजाने क्रममा उनको आईतबार बिहानै बाटोमै मृत्यु भएको हो ।
त्यस्तै असोज २१ गते कोरोना बिशेष अस्थायी अस्पताल बुटवलको आईसीयुमा भर्ना भएकी बुटवल ११ की ६१ वर्षी महिलाको आईतबार बिहान २ बजे मृत्यु भएको हो । शनिबार अस्तालमा भर्ना भएका बुटवल १ का ७० वर्षीय पुरुषको शनिबार राती १० बजे मृत्यु भएको हो ।
त्यस्तैगरी आईसीयु बेडको अभावमा तिलोत्तमा नगरपालिका वडा नं. ३ की ६६ वर्षीय महिलालाई शनिबार दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार नै सोही अस्पतालमा मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शुक्रबार राती दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा पु¥याईएको र शनिबार मृत्यु भएको थियो ।