थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि

1.3K

थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टा (बुधबार) ३ हजार ७४९ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ५९८ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार ७४९ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो । त्यसमध्ये १ हजार ९३५ जना काठमाण्डौ उपत्यकाका हुन् ।
योसंगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । त्यसमध्ये ६९४ जनाको मृत्यु भएको छ । त्यस्तै ८४ हजार ५१२ जना संक्रमण मुक्त भएका छन् ।