नेपालमा आईतबार मात्रै २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८७५ नमुना परिक्षण गर्दा झण्डै ३ हजार जनामा संक्रमण पुष्टि भएको हो । त्यसमध्ये १ हजार ६९८ जना काठमाण्डौ उपत्यकाका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
कोरोना भाईरस संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।