काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खान

1.3K

काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खान

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य फकरुद्धिन खानलाई नियुक्त गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख सचेतक रहेका सुरेन्द हमालले पदबाट राजिनामा गरेपछि रुपन्देहीका खानलाई नियुक्त गरिएको हो ।
आफूले प्रमुख प्रतिपक्षि दलको तर्फबाट खेल्नुपर्ने भूमिकामा प्रयाप्त समय दिन पनि नसकेको र पार्टीका नेताहरुसंगको सल्लाह र सहमतिमा पदबाट राजिनामा गरेको बाँकेबाट निर्वाचित हमालले बताउनु भयो । उहाँले राजिनामा गरेपछि रिक्त रहेको प्रमुख सचेतक पदमा प्रमुख प्रतिपक्षि दलका नेता बिरेन्द्रकुमार कनौडियाले रुपन्देहीबाट निर्वाचित खानलाई नियुक्त गर्नुभएको हो ।
प्रदेशसभा सदस्य खानलाई काँग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी गराउनु भएको छ ।