स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : माघ मसान्तसम्म डेढलाख संक्रमित थपिन्छन्

1.3K

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : माघ मसान्तसम्म डेढलाख संक्रमित थपिन्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ महिनाको मसान्त सम्म डेढ लाख सम्म कोरोना भाईरस (कोभिड–१९)को संक्रमित थपिने प्रक्षेपण गरेको छ । कात्तिक महिनादेखि माघ मसान्त सम्म थप १ लाख ४८ हजार जनामा कोरोना भाईरसको संक्रमण हुने मन्त्रालयले प्रक्षेपण गरेको मन्त्रालयका सचिव लक्षमण अर्यालले बताउनु भएको छ ।
उहाँका अनुसार मन्त्रालयले पहिलो चरणमा असोज मसान्त सम्म सक्रय संक्रमितको संख्या मध्येम रहेमा ३९ हजार र बढी भएमा ९१ हजार पुग्ने अनुमान गरेको थियो । मन्त्रालयले अहिले दास्रो फेजमा माग सम्मको योजना बनाएर काम गरेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै सरकारले आगामी जोखिमको तयारीमा रहनको लागि स्थानीय तह तथा जिल्ला, प्रदेश र संघीय अस्पताल निर्माणको लागि बजेट पठाईसकेको उहाँले जानकारी गराउनु भयो ।