पाल्पा मालमुल–रुपन्देही सम्पर्क मञ्चले विपन्नको उपचारको लागि आर्थिक सहयोग गरेको छ । पाल्पाको मालमुलका ६१ वर्षीय डोलबहादुर कुवँरको उपचारको लागि समाजले ३२ हजार ३ सय रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।
विगत लामो समयदेखि बैदेशिक रोजगारीको क्रममा भारतको बनारसमा रहनु भएका कुवँरलाई गतवर्ष ट्याम्पोको ठक्करबाट खुट्टामा चोट लागेको थियो । बोल्नसमेत नसक्ने कुवँरलाई ठक्कर दिएको ट्याम्पो लगत्तै भागेपछि उपचारमा समेत समस्या भएको र सम्पर्क मञ्चकै सहयोगमा नेपाल ल्याईएको समाजका अध्यक्ष सुनिल कुवँरले जानकारी गराउनु भयो ।
पाल्पाको मालमुलबाट अध्ययन, व्यबसाय तथा रोजगारीको सिलसिलामा स्थायी वा अस्थायी रुपमा आई रुपन्देहीमा बसोबास गर्नेहरुले आपसी भाईचार अभिबृद्धिको लागि समाज स्थापना गरिएको र सोही अनुसार आर्थि अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गरिएको उहाँले बताउनु भयो ।
कुवँर बुटवल उपमहानगरपालिका वडा नं. ३ चिडियाखोलामा बस्दै आउनु भएको छ । उहाँलाई सहयोग प्रदान गर्नको लागि समाजको टोली बिहिबार चिडियाखोला पुगेको थियो । त्यस क्रममा अध्यक्ष कुवँरले सम्पर्क मञ्चले सक्दो सहयोग गरिएको आगामी दिनमा पनि आवश्यक परेको समयमा समाजले सहयोगका कार्यक्रम गर्ने बताउनु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव राजु कुवँर, कोषाध्यक्ष सरोज थापा, सल्लाहकार तथा संरक्षक अनिल कुवँर, सहसविच दिपेन्द्र खड्का, कपिल कुवँर, बलबहादुर कुवँर, कृष्ण बस्नेत, लक्ष्मण कुवँर लगायत सहभागि हुनु भएको थियो ।