नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले सिटिईभिटी अन्तरगत लुम्बिनी प्रदेश समिति बिस्तार गरेको छ । नेबिसंघको बिधान २०२७ को छैठौं संशोधन २०७३ अनुसार संघका प्रदेश अध्यक्ष सूर्यनारायण बटाला क्षेत्रीले प्रदेश समितिलाई बिस्तार गर्नुभएको हो ।
प्राबिधिक तथा व्यबसायिक तालिम परिषद सिटिईभिटी अन्तरगतका क्याम्पसहरुमा अध्ययन गर्ने बिद्यार्थीको हक हितको लागि लुम्बिनी प्रदेश समन्वय समितिको रिक्त पदमा जिम्मेवारी बाडफाड गरिएको र क्याम्पसहरुमा समेत संगठन बिस्तारको काम अंगाडी बढाउने उहाँले जानकारी गराउनु भएको छ ।
अध्यक्ष बटालाले प्रदेश समितिको उपाध्यक्ष पदमा विजेता अर्याल (रुपन्देही) र मुकुन्द आचार्य (अर्घाखाँची), सचिवमा राजेन्द्र एम.सी. (प्युठान), दुई सहसचिव पदमा गणेश खनाल (प्युठान) र निरज शर्मा (गुल्मी) र कोषाध्यक्ष पदमा हरि घिमिरे अर्घाखाँचीलाई मनोनित गर्नुभएको हो ।
त्यस्तै सदस्यहरुमा अमृत भण्डारी (गुल्मी), प्रमोद श्रेष्ठ (पाल्पा), गोलाप विश्वकर्मा गुप्ता, सुरेन्द्र गुप्ता (कपिलबस्तु), शान्ति अर्याल (रुपन्देही), नारायण घिमिरे (अर्घाखाँची), रबिन बुढा (पूर्वी रुकुम), कबिराज केसी (बर्दिया), केशव खनाल, हिमबहादुर शाही, बिष्णु शर्मा, जगत सुवेदी, बिकास थारु (बाँके) र रमिता थापा (पश्चिम नवलपरासी) लाई जिम्मेवारी प्रदान गर्नुभएको छ ।
