नेपालमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण भन्दा संक्रमण मुक्त हुनेको संख्या कम देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार मुक्त हुने भन्दा संक्रमण हुनेको संख्या ५ जना बढी छ । पछिल्लो २४ घण्टामा संक्रमण हुने भन्दा मुक्त हुनेको संख्या ५ जनाले कम देखिएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८१७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परिक्षण गरिएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितण हुनेको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । त्यस्तै १ लाख ५७ हजार ९२६ जना संक्रमण मुक्त भएका छन् । कोरोना भाईरस संक्रमित मध्ये हालसम्म नेपालमा १ हजार १०८ जनाको मृत्यु भईसकेको छ ।