पार्टी विवादले सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

1.3K

पार्टी विवादले सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकार नढल्ने बताउनु भएको छ । मंगलबार गृह जिल्ला रुपन्देहीका बिभिन्न कार्यक्रममा सहभागि मन्त्री पौडेलले पार्टी भित्रको आन्तरिक विवादले सरकारको निरन्तरतामा कुनै समस्या नहुने बताउनु भएको हो ।
पार्टीभित्र अहिले देखिएका समस्यालाई समाधान गरेर एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्व सफल हुने दावी गर्दै मन्त्री पौडेलले पार्टी भित्रको अन्तरबिरोधले पार्टी एकताका बाँकी काममा समेत असर नगर्ने बताउनु भएको हो ।