आईतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्नको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्ने प्रस्ताव गरेको हो । यस अंगाडी मन्त्रीहरुलाई समेत जानकारी नदिई संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको भएपनि नेकपाको गत बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
संसदको बिशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय सितलनिवास पुगेका नेकपाका नेताहरु प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्न सहमत भएपछि निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधामन्त्री ओलीले अहिलेसम्म उक्त अध्यादेश फिर्ता नलिएको र आईतबार बिहान आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक डाकेर संसद विघटन गर्ने प्रस्ताव गरेको नेकपाका नेताहरु बताउँछन् । प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।