नेकपा उपाध्यक्ष बामदेव गौतमद्वारा ‘नेकपा एकता अभियान’को घोषणा

1.3K

नेकपा उपाध्यक्ष बामदेव गौतमद्वारा ‘नेकपा एकता अभियान’को घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले ‘नेकपा एकता अभियान’ घोषणा गर्नुभएको छ । बुधबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि विभाजित नेकपाको एकता अभियान घोषणा गर्नुभएको हो ।
एकताको लक्ष्यसहित प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहकार्य गरेका तत्कालिन एमाले र एमाओवादी बिच निर्वाचन पछि पार्टी एकता गरि नकपा बनेको थियो । तर यस बिचमा पुनः पार्टी विभाजित भएपछि तटस्थ बसेका उपाध्यक्ष गौतमले पार्टी एकताको लागि अभियान सुरु गर्नुभएको हो ।
अभियानको घोषणा सभामा पार्टी विभाजन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उत्तिकै भुमिका रहेको बताउँदै नेता गौतमले प्रधानमन्त्री ओलीले संसद विघटन नगरी राजिनामा दिएको भए प्रधानमन्त्री ओलीको इज्ज्त बढ्ने समेत बताउनु भयो । संसद (प्रतिनीधि सभा) विघटनले आफूहरुको गन्तव्य भन्दा धेरै टाढा धकेलिदिएको बताउँदै उहाँले ठूला नेताहरु विभाजित भएपनि दोस्रो, तेस्रो तहका नेताहरुलाई चिन्तित बनाएको बताउनु भयो ।
आफूहरुले नयाँ पार्टी बनाउन नलागेको दावी गर्दै उहाँले यस अभियानमा धेरैले साथ दिने आशा र विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रचण्ड र ओली तिर लागेका नेता कार्यकर्ता एकता अभियानमा सहभागि भएपछि पार्टी एकता भएरै छाड्ने जिकिर गर्दै पार्टी एकता भएन भने त्यसबेला केन्द्रिय कमिटी बसेर निर्णय गरिने जानकारी गराउनु भयो ।