नेविसंघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

1.3K

नेविसंघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरिदिएको छ । क्याम्पस प्रशासनले पिउने पानीको टंकी भत्काईदिएपछि आन्दोलित भएको नेबिसंघले अंगाडी सारेका मागलाई वास्ता नगरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालावन्दी गरिदिएको हो । उक्त खानेपानीको टंकी नेबिसंघले निर्माण गरेको थियो ।
तालाबन्दीपछि नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई कार्यवाहक सभापति ऋषि भण्डारीले जारी गरेको विज्ञप्तिमा वि.स.२०५२ सालमा नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानीको टंकी क्याम्पस प्रशासनले भत्काएपछि आफ्नो माग पुरा गर्न क्याम्पस प्रशासनले वास्ता नगरेकोले बाध्य भएर तालाबन्दी गर्नु परेको उल्लेख गरिएको छ ।

गत २०७६ असार १६ गते क्याम्पस प्रशासनले विना जानकारी खानेपानीको टंकी भत्काईदिए पछि तत्कालिन क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीले टंकी निमार्ण गरिदिने सहमति गर्नुभएको थियो । सुवेदीको कार्यकाल सकिएपछि नयाँ क्याम्पस प्रमुख समक्ष नयाँ खानेपानी टंकी निर्माण गर्न जग्गा उपलब्ध गराउने सहमति अर्को सहमति भएको नेबिसंघले जनाएको छ । सहमतिको कार्यान्वयन गर्ने भन्दा पनि राजनीतिक पूर्वाग्रह राखेर क्याम्पस प्रमुखले टंकी निर्माणको काम सुरु गर्न स्वीकृती पत्र नदिएको र विभिन्न बहाना बनाई निमार्ण कार्यमा अवरोध पु¥याएको कारण थप आन्दोलिन हुनु परेको र माग सुनुवाई गराउनको लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गर्नुपरेको बिद्यार्थी नेता भण्डारीले बताउनु भएको छ ।