महिलाहरुले बुटवलमा सञ्चालन गरेको नारी बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । संस्थाको २० औं स्थापना दिवसको अवसरमा आईतबार रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । त्यस अवसरमा ३६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा संस्थाकी कोषाध्यक्ष बालकुमारी भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य रामकृष्ण खाँणले सहकारी संस्थाले स्थापना दिवसमा रक्तदान गर्ने परमपरा स्थापित गर्ने हो भने पनि रगतको अभाव नहुने बताउनु भयो ।
संस्थाकी अध्यक्ष गंगा गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराई, जानकी नेपाल लगायतले भनाई राख्नुभएको थियो ।
