काठमाण्डौ हेल्थको सहयोगमा रोटरीद्वारा अर्घाखाँचीको धारापानीमा स्वास्थ्य शिबिर

1.3K

काठमाण्डौ हेल्थको सहयोगमा रोटरीद्वारा अर्घाखाँचीको धारापानीमा स्वास्थ्य शिबिर

बुटवलमा रहेको ‘काठमाण्डौ हेल्थ केयर’को प्राविधिक सहयोगमा रोटरी क्लव अफ बुटवल डाउनटाउनले अर्घाखाँचीको धारापानीमा विशेषज्ञ सेवा सहितको एक दिने स्वास्थ्य शिबिर गरेको छ । शिबिरको माध्यमबाट भएपनि गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाएपछि त्यस क्षेत्रका बासिन्दा खुसी भएका छन् ।
अर्घाखाँचीको धारापानी हिलेमा आयोजना गरिएको शिबिरमा काठमाण्डौ हेल्थ केयरको तर्फबाट विशेषज्ञ डा. सागर न्यौपाने (फिजिसियन), विशेषज्ञ डा. रमेश पौडेल (स्त्री तथा प्रसुती), डा. रुद्र खनालले बिरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । एक दिने शिबिरमा मालारानी गाउँपालिका सहित भूमिकास्थान र सन्धिखर्क नगरपालिका समेत गरी करिव ५ सय जनाले सेवा लिएको काठमाण्डौ हेल्थ केयरका प्रवन्ध निर्देशक टिकाराम पाण्डेले जानकारी दिनुभयो ।

त्यस अवसरमा काठमाण्डौ हेल्थ केयरको तर्फबाट निशुल्क रुपमा ल्याव परिक्षण गरिनुको साथै निशुल्क रुपमै आषधि समेत वितरण गरिएको थियो । शिबिरमा आउनेहरु अधिकांश गरिव तथा विपन्न परिवारका र त्यसमा पनि अधिकांश जेष्ठ नागरिक रहेको आयोजकले बताएका छन् ।
शिबिरको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले सहज र सुलभ स्वास्थ्य सेवाको लागि सरकारले बिशेष योजना बनाएको बताउनु भयो ।
ग्रामिण जनतालाई आफ्नो स्वास्थ्यको सवालमा जागरुक गराउनको लागि अर्घाखाँची जिल्लाको धारापानी क्षेत्रलाई रोजिएको बताउँदै रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष पंकज ज्ञवालीले शिबिरबाट तत्काल स्वास्थ्य लाभसंगै आफ्नो स्वास्थ्यको बारेमा चनाखो हुनको लागि शिक्षा प्रदान गर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा रोटरी क्लवका एसिस्टेन्ट गभर्नर ध्रुवकुमार धिताल, पोलियो चियर राजेन्द्र ढकाल, समाजसेवी सागर केसी, केवी भूसाल, रामबहादुर रायमाझी, उद्योगी व्यबसायी कृष्णप्रसाद श्रेष्ठ, भूमिकास्थान ३ का वडाध्यक्ष बालकृष्ण वञ्जाडे, बाबुराम वञ्जाडे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।