विप्लवसंग संवादको लागि सरकारले बनायो गृहमन्त्री थापाको नेतृत्वमा वार्ता समिति

1.3K

विप्लवसंग संवादको लागि सरकारले बनायो गृहमन्त्री थापाको नेतृत्वमा वार्ता समिति

विप्लवसंग संवादको लागि सरकारले वार्ता समिति बनाएसंगै नेत्रबिक्रम चन्द्र नेतृत्वको विप्लव समुहले पनि वार्ता टोली बनाउने तयारी गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली बनाएपछि विप्लवका तर्फबाट पनि वार्ता टोली बनाउने तयारी भएको हो ।
सरकारले मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहितको वार्ता टोली बनाएको हो । लगत्तै विप्लव समुहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली बनाउने तयारी गरेको हो । २८ फागुन २०७५ देखि सरकारले विप्लव समुहलाई प्रतिवन्ध लगाएको थियो ।