प्रतिवन्धित नेपाल नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह र सरकारको बिचमा भएको वार्तामा तीन बुदे सहमति जुटेको छ । बिहिबार भएको दोस्रो वार्तामा विप्लव समुहमाथि लगाएको प्रतिवन्ध हटाउने, पक्राउ परेका विप्लवका नेता कार्यकर्ता रिहाई गर्ने तथा मुद्धा फिर्ता गर्ने र उक्त समुहले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान वार्ताको माध्यमबाट खोज्ने सहमति भएको हो ।
यो सहमति संगै नेकपा विप्लव समुहले हिंसा छोडेको र उसमाथि लगाईएको प्रतिवन्ध हटाउने वार्ता पछि जारी गरीएको संयक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वार्ताको लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेका थिए ।
सहमतिको विस्तृत विवरण भोली २१ गते शुक्रबार विशेष समारोहका बिचमा सार्वजनिक गर्ने र उक्त समारोहलाई सरकारको तर्फबाट प्रधानमन्त्री केपि ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट महासचिव नेत्रबिक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समुहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।