पुनःस्थापित संसदको बैठक बस्दै

1.3K

पुनःस्थापित संसदको बैठक बस्दै

विघटित प्रतिनीधि सभा पुनःस्थापित भएपछि आज बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्नेछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपछिले गत पुसको ५ गते प्रतिनीधि सभा (संसद) भंग गर्नुभएको थियो । तर उक्त कदमलाई असंवैधानिक भन्दै सर्बोच्चले फागुन ११ गते विघटित प्रतिनीधि सभा पुनःस्थापित गरिदियो भने १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको थियो ।
सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो । आन्तरिक विवादका कारण संसद भंग गरिदिएपछि नेकपा दुई खेमामा बाडिएको छ । तर औपचारिक रुपमा पार्टी विभाजन भने भईसकेको छैन । यद्यपी दुबै पक्षले संसदीय दलको नेता तथा प्रमुख सचेतक घोषणा गरेका छन् ।
यस्तो अवस्थामा बस्न लागेको संसद बैठकमा प्रधानमन्त्री ओली पक्ष विश्वासको मत पनि नलिने र अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्ने रणनीतिमा छ भने प्रचण्ड–माधव पक्ष प्रधानमन्त्रीले चाल्ने कदमलाई हेरेर अगाडि बढ्ने रणनीतिमा छ । त्यस्तै नेपाली काँग्रेस र जसपा भने पर्ख र हेरको अवस्थामा देखिएका छन् ।
पुनःस्थापित संसदको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको अधिवेशन आह्वान सम्बन्धि पत्र र मन्त्रीपरिषद गठन सम्बन्धि पत्रको व्यहोरा बाचन हुने छ । विधेयक अधिवेशनको रुपमा सञ्चालन गर्न लागिएको यो हिउँदे अधिवेशनमा प्रतिनीधि सभामा बिचाराधिन विधेयकहरु पनि पेश गरिने छ ।