व्यूतिए साविकका एमाले र माओवादी केन्द्र

1.3K

व्यूतिए साविकका एमाले र माओवादी केन्द्र

नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएसंगै साविकका नेकपा एमाले र माओवादी केन्द्र व्यूतिएका छन् । निर्वाचन आयोगले ऋषिराम कट्टेलको नेतृत्वमा रहेको दल नेकपा निर्वाचन आयोगमा दर्ता भएकै अवस्थामा एमाले र माओवादी केन्द्र एकिकरण पछि बनेको पार्टीलाई पनि नेकपा नाम दिएको थिए ।
त्यसको बिरुद्ध ऋषिराम कट्टेल सर्बोच्चमा मुद्धा दर्ता गरेका थिए । आईतबार भएको फैसलाले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई प्रदान गर्नुको साथै साबिकका एमाले र माओवादी केन्द्रलाई व्यूताईदिएको हो । पार्टी एकिकरण भएका दुई दललाई पुरानै अवस्थामा उभ्याउँदै सर्बोच्चले अव यी दुई दल एकिकरण हुने भए ऐन, नियम तथा कानुन अनुसार गराउनको लागि निर्वाचन आयोगलाई परमादेश जारी गरेको छ ।