मोआवादी स्थायी कमिटि बैठक : बादलसहितका मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन

1.3K

मोआवादी स्थायी कमिटि बैठक : बादलसहितका मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन

नेकपा माओवादी केन्द्रले नेकपा एमाले तिर लागेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण माग्नुको साथै मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन गरेको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई सरकारबाट फिर्ता बोलाउनुको साथै एमाले (ओली) तिर लागेको नेताहरुलाई २४ घण्टे स्पष्टीकरण मागेको हो ।
बादल सहितका २३ जना माओवादी नेताहरुलाई प्रधानमन्त्री एवं एमालेले पार्टीको केन्द्रीय सदस्य मनोनयन गर्नुको सथै बादललाई बागमती प्रदेशको ईञ्चार्जको जिम्मेवारी दिईएको छ ।