बुटवलमा तीन जना कोरोना संक्रमितको मृत्यु

1.3K

बुटवलमा तीन जना कोरोना संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुषको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
यहि चैतको २१ गते कोरोना संक्रमण भएकी तिलोत्तमाकी ती महिला २३ गते अस्पतालमा भर्ना गरिएको थियो । अर्घाखाँचीकी महिलालाई भने २७ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई त्यसैदिन अस्पतालमा भर्ना गरिएको थियो । कपिलबस्तुका पुरुषमा चैतको २७ गते संक्रमण पुष्टि भएको थियो । उनी पनि त्यसैदिन अस्पतालमा भर्ना भएका थिए । उनीहरु तिनै जनामा ज्वरो, दम र निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।