रुपन्देहीको एक बिद्यालयमा बालिकाको मृत्यु

1.3K

रुपन्देहीको एक बिद्यालयमा बालिकाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा एक बिद्यालयमा बिद्यार्थीको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका नयामिलमा रहेको प्यारामाउण्ट बोर्डिङमा अध्ययनरत कक्षा १० की प्रतिमा सापकोटाको मृत्यु भएको हो ।
प्यारामाउण्ट बोर्डिङको छात्राबासमा बस्ने उलाई उच्च ज्वरो आएको र बिद्यालयले उपचारमा ध्यान नदिदा मृत्यु भएको भन्दै बिद्यार्थीका अभिभावकहरुले बिद्यालयमा नारावाजी समेत गरेका थिए । १५ वर्षीया ती बालिकालाई दुई दिनदेखि ज्वरो आएको र बिद्यार्थीको स्वास्थ्यमा खेलवाड भएको भन्दै उनीहरुले बिरोध गरेका हुन् ।
गुल्मीको मजुवा घर भएकी १५ वर्षीया बालिकालाई अभिभावकले अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । २ दिनदेखि उच्च ज्वरो र स्वासप्रस्वासमा समेत समस्या भोगेकी बालिकालाई गम्भिर भएपछि मात्रै बिद्यालयले अभिभावकले खवर गरेको बताएका छन् ।
सरकारले जाखिम उठाएर अध्ययन अध्यापन नगराउन भनेपनि प्यारामाउण्ट विद्यालयमा भने अहिले परीक्षा चलिरहेको छ । सापकोटाको मृत्युको खवर आएपछि बिद्यालयले अभिभावक बोलाउँदै बिद्यार्थी जिम्मा लगाएको छ । यद्यपी अभिभावकले पिसिआर परिक्षणको माग गरेका थिए ।