थप ३,५५६ जनामा कोरोना संक्रमण

1.3K

थप ३,५५६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय नमुनाको पीसिआर परिक्षणमा ३ हजार ४४२ र ८९३ एन्टिजेन परिक्षणमा ११४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । त्यस्तैगरी नेपालमा कुल मृत्यु हुनेको संख्या ३ हजार १७६ जना पुगेको छ ।
हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।