बुटवलमा स्थापना गरिएको अक्सिजन बैंकलाई लायन्स क्लव अफ बुटवलले सिलिन्डर अक्सिजन उपलब्ध गराएको छ । लायन्स क्लव अफ बुटवलले आज १२५ सिलिन्डर अक्सिजन बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरेको हो ।
कोरोना भाईरस संक्रमित बिरामीका लागि अक्सिजन अभाव हुन थालेपछि लायन्स जिल्ला परिषद ३२५ बि २ नेपालको क्षेत्र नं. ४ र बुटवल उपमहानगरपालिका बिच सम्झौता भई अक्सिजन बैंक खोलीएको थियो । उक्त सम्झौता बुटवल उपमहानगरपालिकाले खाली सिलिन्डर उपलब्ध गराउने र त्यसमा अक्सिजन लायन्स जिल्ला परिषद ३२५ बि २ नेपालको क्षेत्र नं. ४ ले लायन्स क्लवहरुको सहयोगमा भर्ने जिम्मेवारी दिएको थियो ।
सोही अनुसार प्रति सिलिन्डर ६२५ रुपैंयाका दरले १२५ सिलिन्डर अक्सिजन ग्यास भरेर नगरपालिकालाई हस्तान्तरण गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष संजय कलवार जयसवालले जानकारी गराउनु भयो ।