प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

1.3K

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताउनु भएको छ । बिहिबारको मन्त्रीपरिषद बैठकमा उहाँले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र संविधानको धार ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने जानकारी दिनुभएको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले अब आफूले विश्वासको मत नलिने र संविधानको धारा ७६ (५) अनुसार विपक्षी दलहरुलाई नै सरकार बनाउन राष्ट्रिपतिलाई सिफारिस गर्ने बताउनु भएको हो ।
सांसद नै नभएको ७ मन्त्रीलाई सर्बोच्चले पदमुक्त गर्ने फैसला सुनाएपछि उक्त आदेशप्रति प्रधानमन्त्री असन्तुष्ट हुनुभएको थियो । एमाले अध्यक्ष समेत रहेका ओली संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । यस अनुसार सपथ लिएको १ महिना भित्र विश्वासको मत दिनुपर्छ ।