प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको छुट्टाछुट्टै दावी

1.3K

प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको छुट्टाछुट्टै दावी

प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपि शर्मा ओलीले दावी गरेका छन् । काँग्रेस सभापति देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेमा असन्तुष्ट माधवकुमार नेपाल झलनाथ खनाल पक्षको समर्थनमा दावी प्रस्तुत गर्नुभएको हो भने एमाले अध्यक्ष ओलीले एमालेको १२१ र जनता समाजवादी दलको समर्थन रहेको भन्दै दावी गर्नुभएको हो ।
यद्यपी एमालेका १२१ सांसद मध्ये माधवकुमार नेपाल झलनाथ खनाल पक्षका सांसदले काँग्रेस सभापति देउवालाई समर्थन गरेका छन् । माधवकुमार नेपाल झलनाथ खनाल पक्ष तटस्थ बस्दा ओलीको पक्षमा ९३ मत परेको थियो ।
अघिल्लो साता मात्रै ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले आफूले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्राचार गरि संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रकृया अगाडि बढाउन आग्रह गर्नुभएको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर बैकल्पिक सरकारको लागि दलहरुलाई आग्रह गर्नुभएको थियो ।