आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि आज बजेट ल्याईँदै छ । आगामी आर्थिक वर्षको लागि अध्यादेशबाट बजेट ल्याउने तयारी गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णु पौडेलले अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुनेछ ।
त्यसरी ल्याउन लागिएको बजेट प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक हुने बताईएको छ । बजेटबारे निर्णय गर्न बिहान मन्त्रिपरिषद बैठक बसेको थियो । सरकारले करीब १६ खर्ब हाराहारीको आकारमा बजेट ल्याउने तयारी गरेको छ ।
१५ जेठमा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता भएपनि संसद विघटन भएपछि कामचलाउन सरकारले पूर्ण बजेट ल्याउन नहुने अर्थविदहरुले बताउँदै आएका थिए । तथापी सरकारले पूर्ण आकारको बजेटको तयारी गरेको हो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीपरिषदका सदस्यहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेपाल राष्ट्र बैंकका गभर्नर लगायत सहभागि हुने बताईएको छ ।