नेपाल शिक्षक महासंघले आज (शुक्रबार) देशभरका स्थानीय तहमा धर्ना दिएको छ । निजामती सेवा सरहको सुविधा सहितका माग सहित महासंघले देशभरका ७५३ स्थानीय तहमा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।
राष्ट्र सेवक कर्मचारी र शिक्षकलाई विभेद गरेको भन्दै विभेद हटाउने सहित पेशागत हकहितका ३४ बुँदे माग सहित देशभरका स्थानीय तहमा धर्ना दिईएको हो ।