सर्बोच्चको फैसलासंगै सरकारबाट अपदस्त भएका केपि ओलीले सिंहदरवार छोड्नु अघि राष्ट्रको नाममा सम्बोधन गर्दै अदालतको फैसला पालना गर्ने बताउनु भएको छ । यद्यपी सर्बोच्चको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुँदै जाने बताउनु भयो ।
सर्बोच्चका कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको बताउनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसक्नु भएको छ भने साँझ ६ बजे सपथको समेत कार्यक्रम तय भईसकेको छ ।
सर्बोच्चको फैसलाप्रति तिब्र असन्तुष्टि जनाएका ओलीले सर्बोच्चको फैसलाले व्यबस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको आरोप लगाउनु भयो । संविधानको धारा ७६(५)मा दलीय ह्वीप लाग्दैन भन्ने अपव्याख्याले संविधान संशोधनको काम गरेको ओलीको दावी छ ।
सर्बोच्चले सन्दर्भमा नउठेका र वादीले माग्दै नमागेका विषयमा समेत फैसला दिएको भन्दै ओलीले जनताको जनादेश आफ्नै पक्षमा भएको दावी गर्नुभयो ।