प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदलाई पार्टीले स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटिको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रतिनीधि सभा पुनःस्थापना भएपछि आईतबार भएको पुनःस्थापित संसदको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।