स्मृती दिवसमा बीपीको शालिकमा माल्यार्पण : संविधानको रक्षासंगै कार्यान्वयनमा जोड

1.3K

स्मृती दिवसमा बीपीको शालिकमा माल्यार्पण : संविधानको रक्षासंगै कार्यान्वयनमा जोड

नेपाली काँग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको स्मृतीमा उनको सालिकमा माल्यार्पण गरिएको छ । बीपी स्मृती दिवसको अवसर पारेर नेपाली काँग्रेस बुटवल नगर समिति रुपन्देहीले बुधबार बिहान बुटवल उपमहानगरपालिका वडा नं. ६ बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण गरेको हो ।
त्यस अवसरमा बोल्ने काँग्रेस नेताहरुले बीपीको बिचार र सिद्धान्त आजसम्म आईपुग्दा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै बीपीले देखेको सपना संविधान सभामार्फत संविधान निर्माण भएपनि कार्यान्वयनमा अलमल भएको बताएका थिए । उनीहरुले झण्डै दुई तिहाई बहुमत पाएको एमाले नेतृत्वको कम्युनिष्ट सरकारले संविधान कार्यान्वयनको साटो लथालिङ्ग पार्ने काम गरेको बताउँदै अहिले संविधानको रक्षा र कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काधमा आएकोले काँग्रेस नेतृत्वको सरकारले आफैले जारी गरेको संविधान पूर्ण कार्यान्वयनमा लैजाने सुनौलो अवसर पनि भएको बताएका थिए ।
संविधानको रक्षा र कार्यान्वयन गराउने यो अवसरलाई राम्रोसंग सदुपयोग गरेर आम नागरिकप्रति पूर्ण भरोसा र विश्वासको वातावरण निर्माण गर्न समेत सरकारलाई आग्रह गरे । काँग्रेसको नेतृत्वमा जारी भएको संविधान एमाले नेतृत्वको कम्युनिष्ट सरकारले धरापमा पारेको बताउँदै उनीहरुले ढिलै भएपनि संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काधमा आएकाले त्यसबाट नचुक्न सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै महासमिति सदस्य युवराज गिरीले संकटमा पुगेको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने सुनौलौ अवसर प्राप्त भएको बताउनु भयो । त्यस्तै महासमिति सदस्य बालकुमार भण्डारीले बीपीको बिचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको र युगौंसम्म पनि उत्तिकै सान्दर्भिक हुने विश्वास व्यक्त गर्दै बीपीका बिचार र सिद्धान्तलाई आम नागरिकसम्म पु¥याउनु पर्ने भनाई राख्नुभयो ।
नेपाली काँग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति बिमलराज भट्टराईले स्वागत र सचिव भवानीप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल सहित महासमिति सदस्य, क्षेत्रीय प्रतिनीधि सहित पार्टीका नेता कार्यकर्ता सहभागि थिए ।