निर्वाचन आयोगले दियो जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

1.3K

निर्वाचन आयोगले दियो जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव, बाबुराम भट्टराई पक्षलाई दिएको छ । निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिको सनाखत पछि बहुमतका आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव, बाबुराम भट्टराई पक्षलाई दिएको हो ।

जनता समाजवादी पार्टीमा अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्ष बिच आधिकारिकता विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर निर्वाचन आयोगले सनाखत गरेको थियो । केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु उपेन्द्र यादवको पक्षमा बहुमत देखिएपछि आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो ।

५१ सदस्य रहेको जसपाको कार्यकारिणी समितिमध्ये ३४ जनाले उपेन्द्र पक्षमा हस्ताक्षर गरेका थिए भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका थिए । १६ जना सदस्य रहेको महन्थ ठाकुर पक्षलाई निर्वाचन आयोगले छुट्टै दल दर्ता गर्न दिने निर्णय गरेको छ ।