इन्टलेक्चुअलमा ‘ भर्चुअल कविता वाचन’ प्रतियोगिता सम्पन्न

1.3K

इन्टलेक्चुअलमा ‘ भर्चुअल कविता वाचन’ प्रतियोगिता सम्पन्न

बुटवल । इन्टलेक्चुअल एकेडेमी बुटवल ११ कालिकानगरले ‘भर्चुअल कविता वाचन ’प्रतियोगिता सम्पन्न भएको छ ।
बिद्यार्थीहरुलाई प्राथमिक ,निम्न माध्यमिक र माध्यमिक तह गरि तीन भागमा बिभाजन गरि कार्यक्रमलाई छनोट चरण (बिहिवार) र फाइनल चरण (शुक्रबार ) गरि दुई चरणमा सप्पन्न गरिएको बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीले जानकारी दिनुभयो ।
बिहिवार भएको छनोट चरणमा १ सय ५० बिद्यार्थीहरुले भाग लिएका थिए जसमध्ये बाट माध्यमिक तहमा ३० जना , निम्नमाध्यमिक तहमा २०र प्राथमिक तहमा २० जना विद्यार्थी फाइनल चरण प्रवेश गरेका थिए ।
फाइनल चरणमा प्रवेश गरेका विद्यार्थीहरुले भर्चुअल माध्यमबाट शुक्रबार भएको फाइनल चरणमा आफ्नो कविता वाचन गरेका थिए । जसमा माध्यमिक तह बाट क्रमस प्रथम शुशिला पान्डे कक्षा ९ द्वितीय , शौरभ खनाल कक्षा १० तृतीय, रिना रिजाल कक्षा १० र शान्त्वनामा बर्षा पोख्रेल कक्षा ९ र निस्चल पान्डे कक्षा ८ रहेका छन भने निम्न माध्यमिक तह बाट क्रमश प्रथम बिनय पोख्रेल (६) , द्वितीय सुजल पौडेल (७) र आशिका पोख्रेल (५) , तृतीय मन्दिपा पन्थी(५) र इप्सा गौतम (६) भएका थिए र प्राथमिक तहमा प्रथम कृतिका पौडेल (४) ,द्वितीय शैली देबकोटा (३) र तृतीय दीक्षा भट्टराई (२) भएका थिए ।

भने बिधालयले पुर्ब प्राथमिक तहका बिद्यार्थीहरुको रयाम्स प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा माध्यमिक तहमा तुल्सिराम खाम्चा, निम्नमाध्यमिक तहमा बिकास पान्डे र प्राथमिक तहमा जिना खड्किले कार्यक्रम संचालन गर्नुभएको थियो भने निर्णायकको भुमिका शोभा देबकोटा , राजु कुवँर ,मन्जु गौतम र सुस्मा देबकोटाले गर्नु भएको थियो ।
भर्चुअल माध्यम बाट भएपनी अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिदै आएको विद्यालयले बिजयी बिद्याथीलाई पनि पुरस्कृत गर्ने जनाएको छ ।