सरकारले खोप सप्ताह मनाउने

1.3K

सरकारले खोप सप्ताह मनाउने

सरकारले यहि साउन चौंथो हप्ता ‘खोप सप्ताह’ मनाउने भएको छ । यहि साउनको २५ गतेदेखि ३२ गतेसम्म ‘खोप सप्ताह’ बनाउन लागेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराउनु भयो ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहिबारको बैठकमा राज्यमन्त्री श्रेष्ठले उक्त विषयमा जानकारी गराउनु भएको हो ।
राज्यमन्त्री श्रेष्ठले यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना बिरुद्धको खोप लगाउने पनि जानकारी गराउनु भयो । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने उहाँले जानकारी गराउनु भयो ।
उहाँले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाएको जानकारी गराउँदै आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि बताउनु भयो ।