पछिल्लो २४ घण्टामा झण्डै ४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ जनाको एन्टिजेन परीक्षणमा ९३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमण मुक्त भएका छन् भने ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । त्यसमध्ये ६ लाख ६३ हजार ६६३ जना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संस्था ९ हजार ९९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ छ । कोरोना संक्रमित भएका बिरामीमध्ये ७१३ जनाको आईसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।