बुटवलमा काँग्रेसको राष्ट्रिय मास्क अभियान

1.3K

बुटवलमा काँग्रेसको राष्ट्रिय मास्क अभियान

नेपाली काँग्रेसले बुटवलको वडा नं. ८ मा मास्क अभियान सञ्चालन गरेको छ । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ८ वडा समितिले उक्त वडामा मास्क अभियान सञ्चालन गरेको हो ।
सरकारले घोषणा गरेको राष्ट्रिय मास्क अभियान आजदेखि सुरु भएको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको राष्ट्रिय मास्क अभियानलाई सहयोग गर्नको लागि कार्यक्रम गरिएको नेपाली काँग्रेसका वडा सभापति नरबहादुर रजालीले बताउनु भयो ।
वडामा सञ्चालन गरिएको साताव्यापी मास्क अभियानको शुभारम्भ गर्दै नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराईले विस्तारै कोरोना भाईरस संक्रम बढ्दै गएको र मास्कको प्रयोगलाई व्यापक बनाउनु पर्ने बताउनु भयो । स्वास्थ्य सुरक्षालाई जोड दिँदै उहाँले बिना मास्क घर बाहिर ननिस्कन आग्रह गर्दै मास्कसंगै सामाजिक दुरी कायम राख्न, पटक पटक साबुन पानीले हात धुन तथा सेनिटाईजरको प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।
कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मास्क अभियान सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसले सरकारको उक्त कार्यक्रमलाई सहयोग गर्न वडामा कार्यक्रम गरेको हो । एक हप्तासम्म सञ्चालन गरिने कार्यक्रममा बिशेष गरेर मास्कको प्रयोगलाई प्रवद्र्धन गर्नुको साथै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न चेनतामुलक कार्यक्रम गरिने छ ।
त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देहीकी जिल्ला सदस्य मायाँ गौतम, वडाका पूर्व सभापति राधेश्याम राजभण्डारी लगायतले भनाई राख्नुभएको थियो ।