लुम्बिनी बाणिज्य क्याम्पसमा त्रि.बि.को एमबिबिएर र क्रमशः बिबिएस हटाउने निर्णय बिरुद्ध आन्दोलनमा उत्रिएका बिद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तोडफोड गरेका छन् ।
क्याम्पसमा पठनपाठन हुँदै आएको त्रिभुवन विश्वविद्यालयको एमबिबिएर र क्रमशः बिबिएस हटाउने क्याम्पस प्रशासनको निर्णय बिरुद्ध आन्दोलनमा उत्रिएका नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैठौं र अर्को अखिल क्रान्तिकारी सहितको संयुक्त बिद्यार्थी संगठनले मंगलबार बिहान क्याम्पस प्रशासनमा तोडफोड गरेका हुन् ।
बिद्यार्थी संगठनहरुले एमबिबिएसको प्रवेश परीक्षा फारम खुलाएर भर्ना प्रक्रिया अगाडि नबढाउँदासम्म अटोनोमस अन्तरगतका कुनैपनि प्रवेश परीक्षा तथा भर्ना प्रक्रिया अगाडि नबढाउन माग गरेका थिए । तर क्याम्पस प्रशासनले बिद्यार्थी संगठनहरुको मागको वेवास्था गरि अटोनोमस अन्तरगतका एमबिएस–एफ र एमबिए–बिएफ प्रवेश परीक्षा खुलाएपछि क्याम्पस प्रशासनमा तोडफोड भएको बिद्यार्थी संगठनहरु संयुक्त बिज्ञप्ती जारी गरि जानकारी गराएका छन् ।
नेपाल बिद्यार्थी संघका क्याम्पस इकाई सभापति सुरज क्षेत्री, अखिल क्रान्तिकारीका प्रशान्त वञ्जाडे, अखिल छैठौंका सागर वेलवासे र अर्को अखिल क्रान्तिकारीका नयन अर्यालद्वारा जारी विज्ञप्तीमा तोडफोडबाट भएको क्षेतीको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन र सञ्चालक समिति हुने उल्लेख गरिएको छ ।
