सिटिजन लाईफ इन्स्योरेन्सद्वारा घातक रोगको दावी भुक्तानी

1.3K

सिटिजन लाईफ इन्स्योरेन्सद्वारा घातक रोगको दावी भुक्तानी

सिटिजस लाईफ इन्स्योसेन्सले घातक रोग बिरुद्धको दावी भुक्तानी गरेको छ । सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखाले घातक रोग बिरुद्ध बिमितले गरेको दावी अनुसार झण्डै १० लाख रुपैंया भुक्तानी गरेको हो ।
सिटीजन लाइफको घातक रोग बिरुद्धको बिमा योजना अन्तर्गत ६ महिना अगाडि सुनवल नगरपालिका वडा नं. ४ की सीता क्षेत्रीले छोरा शिवम घिमिरेको बाल भविश्व जीवन बिमा खरिद गर्नुभएको थियो ।
ती बालकमा ब्रेन ट्युमरको समस्या देखिए पछि इन्स्योरेन्स कम्पनीले बिमितलाई ९ लाख ५३ हजार २८४ रुपैंया बराबरको चेक हस्तान्तरण गरेको हो ।
बिमा लेख खरिद गरि बिमाको पहिलो किस्ता बुझाएको ६ महिना मै स्वास्थ्यमा समस्या आएपछि कम्पनीले बीमालेख अनुसारको रकम भुक्तानी गरेको सिटिजन लाईफ इन्स्योरेन्स देवदह शाखा प्रमुख बिनिता श्रीस बताउनु भयो ।
उक्त चेक विमितलाई हस्तान्तरण गर्दै सुनवल नगरपालिका प्रमुख भिमबहादुर क्षेत्रीले बिमाले जोखिम बहन गर्ने भएकाले समुदायमा बिमाको जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो । बिमितकी आमा सीताले दुःखको बेलामा साथ पाएको बताउँदै बिमा प्रति अझै बिश्वास बढेको बताउनु भयो ।
त्यस अवसरमा सुनवल नगर उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष रमेश कार्माचार्य, सुनवल वडा नं. ४ का वडा अध्यक्ष बिरबहादुर गुरुङ, सिटिजन लाइफ इन्स्योरेन्स बुटवलका क्षेत्रीय प्रबन्धक दुर्गाराज ढकाल, सिनियर एजेन्सी म्यानेजर बिष्णु पाण्डे पुरी, कमला थापा, फुलमाया श्रीस, शोभा कुमारी थापा, भेष बहादुर थापा (बिक्की) लगायतले बिमाको बारेमा धारणा राखेका थिए ।