कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले मास्क बिना सडकमा हिड्नेहरुलाई लगाउन अभिप्रेरित गर्दै मास्क प्रदान गरेको छ । कोरोना (कोभिड–१९) महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञा कायमै रहेको र सडक सञ्जालमा चलहपहल बढ्दै जाँदा जोखिम पनि बढ्दै गएकोले हेलचेक्रयाई नगर्न आग्रह गर्दै नियमित मास्कको प्रयोग गर्न आग्रह गरिएको क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईले बताउनु भयो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोधनसंगको सहकार्यमा बुटवलको मिलनचोक र फर्साटिकरमा गरि २ हजार ५ सय मास्क वितरण गरिएको क्लवका सचिव निराजन पोखरेले जानकारी गराउनु भयो । त्यस अवसरमा विना मास्क हिड्नेलाई मास्क प्रदान गर्नुको साथै उनीहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाको बारेमा जानकारी गराईएको थियो ।