डा. गोबिन्द केसीसंग भएको सहमति कार्यान्वयनको लागि सरकारले बनायो समिति

1.3K

डा. गोबिन्द केसीसंग भएको सहमति कार्यान्वयनको लागि सरकारले बनायो समिति

डा. गोबिन्द केसीसंग भएको सहमति कार्यान्वयनको लागि सरकारले ५ सदस्यी समिति बनाएको छ । चिकित्सा शिक्षा सुधारको माग सहित यहि भदौको ३ देखि अनसन सुरु गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १ गते नै ५ बुँदे प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सोही अनुसार प्रतिवद्धता कार्यान्वयनको लागि सरकारले ५ सदस्य समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य छन् ।
भदौको १ गते नै प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएपछि ३ गतेबाट बस्ने भनीएको डा. केसीको अनसन स्थगित भएको थियो ।