लायन्स क्लव अफ बुटवलले स्पाेन्सर गरेका लियाे क्लवका उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरिएकाे छ ।
लायन्स क्लव अफ बुटवलले आफुले स्पोन्सर गरेका लियो क्लब अफ कालिका सेकेन्डरी स्कुल र लियो क्लब अफ स्कलर्स होम सेकेन्डरी स्कुलका सदस्य उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई सम्मान गरिएकाे हाे ।
क्लवका अध्यक्ष लाेकप्रसाद खरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै लायन्स डिष्ट्रिक एक्जुक्विटिभ चिफ अर्जुनमान सैजुले उत्कृष्ट बिद्यार्थीलाई गरिएकाे सम्मानले अरु बिद्यार्थीलाई समेत अध्ययन प्रति प्रेरणा मिल्ने बिश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठ, जाेनचियर प्रसन नरेशकुमार श्रेष्ठ, लियाेे क्लव अफ बुटवलका अध्यक्ष रमेश न्याैपाने, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष पुष्पा श्रेष्ठ, लियो क्लब अफ कालिका सेकेन्डरी स्कुलका अध्यक्ष दीपसन अधिकारी, लियो क्लब अफ कालिका सेकेन्डरी स्कुलका अध्यक्ष दिपेश श्रेष्ठ लगायतलेे शुुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम क्लवका सचिव प्रदिप शाक्यकाे सञ्चालनमा भएकाे थियाे ।